मुलुकलाई निकास दिनका लागि उपेन्द्र यादव समूहसँग छलफल
जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले मुलुकलाई निकास दिनका लागि उपेन्द्र यादव समूहसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा पत्रकारसंग कुरा गर्दै ठाकुरले यादव समूहसंग बालकुमारीस्थीत पार्टी कार्यालय छलफल गरिने बताउनुभएको हो ।
संसदीय दल बैठकमा सवै सांसदहरुलाई नबोलाएको बिषयमा उहाले यादव पक्षलाई बाहिर राखेर अघि नबढ्ने जिकिर गर्नुभयो । ठाकुरले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रपति निवास गएको तर राजनीतिक कुराकानी नभएको दाबी गर्नुभयो । उहाले अहिले आफुलाई प्रधानमन्त्री बन्न कुनै चाहना भएको तर्क गर्नुभयो । उहाले प्रधानमन्त्रीको चयनका लागि संविधानको धारा संविधानको धारा ७६(७) अनुसार अघि बढने संकेत देखिएको बताउनुभयो ।
उहाले आफुहरुले राखेका मागलाई सरकारले सम्बोधन गर्नु सकारात्मक रहेको बताउनुभयो । संविधान संशोधनका लागि कार्यदल गठन भएको र अन्य बिषयमा सरकारले सम्बोधनको प्रयास गरेको उहाको भनाई छ ।


