१७ आश्विन २०८३, शनिबार

रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग फुटबलको उपाधि

एसीपी संवाददाता

१ जेष्ठ २०७८, शनिबार १४:५८ मा प्रकाशित

काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे । उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिए ।यस्तै च्याम्पियन टिम काठमाडौंका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर, धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन चुनिए ।  व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे । फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो  । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाल सुपर लिगका अध्यक्ष आश्रेता कार्की चौधरी लगायतले पुरस्कृत गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x