रोजगारका लागि नेपालीहरु विदेशिदै, रोजगारीमा भविष्य खोज्दै चिनियाँ नागरिकहरु नेपाल छिर्दै
नेपालीहरु राजगारीको शिलशिलामा भारत बाहेक खाडीको देशहरुमा जाने गरेको छ तर नेपालमा रोजगारीमा भविष्य खोज्न सबैभन्दा बढि श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको एक रिपोर्टबाट खुसाशा भएका छन् ।
नेपालमा रोजगारी नपाएर विदेशिने युवायुवतीहरु दैनिक रुपमा वैदेशिक रोजगारमा खाडीका देशहरुका साथै भारत तर्फ पलायन भईरहेका खवरहरु प्रायः जसो सुन्न पाइन्छ तर नेपालमा रोजगारीको भविष्य देखेर श्रम स्वीकृति लिएर आउने विदेशी नागरिकहरुमा सबैभन्दा बढि चिनियाँ नागरिकहरु रहेको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको रिपोर्टबाट खुलाशा भएका हुन् ।
खाडी सहित विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याँक रहेपनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिकहरु रहेको विभागले जनाएको छ ।
नेपालमा सञ्चालित आयोजनाहरुले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा उल्लेख रहेको छ । नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै जसो विदेशी कामदारहरु कार्यरत रहेका छन् ।
नेपालमा रहेका रोजगारदाता मध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको बुझिएको छ । आर्थिक वर्ष २०७९–०८० को तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ । श्रम स्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्याँकमा उल्लेख छ ।
सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको उल्लेख छ । अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौ सय ९४ विदेशीले श्रम स्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ ।
यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्याँकले देखाएको छ । २०७९÷८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको थियो । गत आवमा भने एक हजार २० नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।
पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजी जस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत रहेको विभागद्धारा जारी गरिएका रिपोर्टमा उल्लेख गरिएका छन्।
श्रोतः विभिन्न मिडियाको सहयोगमा



