१८ आश्विन २०८३, आईतवार

रौतहटको बिभिन्न उधोगबाट १३० अक्सिजन सिलिन्डर सँकलन गरि गरुडा प्रहरीद्धारा बितरण

एसीपी संवाददाता

५ जेष्ठ २०७८, बुधबार १५:३४ मा प्रकाशित

रमेश कुमार यादब
जेठ ५ ,रौतहट
रौतहट जिल्लाको नगर क्षेत्रमा रहेको बिभिन्न उधोगहरुबाट सँकलन गरिएका १३० वटा अक्सिजन सिलिन्डरहरुलाई ईलाका प्रहरी कार्यलय गरुडाले बिभिन्न स्थानहरुमा बुधबार बितरण गरिएको छ । हाल विश्‍वव्यापी रुपमा फैलि रेहको दोस्रो नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणको लागी ईलाका प्रहरी कार्यलय गरुडाको वडा क्षेत्र अनतर्गत रौतहट जिल्लाको मध्यभागमा रहेको श्री राम सुगर सुगर मिल्स प्रा.लिबाट ८२ थान ,रौतहटको डुमरियामा अवस्थित बाबा बेैज्नाथ सुगर एण्ड केमिकल ईन्ड्रस्टीज प्रा.लि .बाट २० थान ,रौतहट जिल्लाको जिगडियामा अबस्थित रहेको बाबा डिस्ट्रीलरीबाट ८ थान गरि बिभिन्न क्रसर उधोग ,राईस मिल्स ,ग्यारेज ,वर्कसप ,मोटर पार्टस ,ग्रिल उधोगबाट २० वटा गरि जम्मा १३० वटा अक्सिजन सिलिण्डरहरु बरामद गरेको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक रबि रावल बताएका छन ।सँकलन गरेको अक्सिजन सिलिण्डरहरु आज बुधबार जिल्ला प्रहरी कार्यलय रौतहटलाई–११८ थान ,परोहा नगरपालिकालाई –९ थान त्यस्तै राजपुर नगरपालिकालाई–३ थान समेत गरि १३० थान अक्सिजन सिलिन्डर बुझाएको प्रहरी नायब उपरिक्षक रावल जनकारी गराएका छन ।कोरोना भाईरसको दोस्रो प्रकारको नयाँ भेरियन्ट फैलिएको र यसबाट ग्रसित रहेको बिरामिहरुको लागी अति नै आवश्यक परेको हुनाले यसको कमिले कसैको अकाल मै मृत्यु हुन नदिनको लागी थप सहयोग पुग्ने उदेश्यले अक्सिजन सिलिन्डर बुझाएको डिएसपि रावल बताएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x