२ श्रावण २०८३, शनिबार

लागु औषध गाँजा सहित १ जना र २ मोटरसाइकल नियन्त्रणमा

एसीपी संवाददाता

५ भाद्र २०८१, बुधबार १०:३६ मा प्रकाशित

गाजा सहित एक जना प्रहरी नियन्त्रणमा आएको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ७ स्थित एकघरमा कालो रङको ब्याग खोल्दै गरेको अवस्थामा एकजना ब्यक्तिलाई फेला पारी कानुनी प्रकृया पुरा गरी खानतलासी एवम् बरामद गरि लुकाई छिपाई ल्याएको लागु औषध गाँजा सहित उक्त मानिसलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सर्लाहीबाट ८ दिनको म्याद लिई कानुनी प्रकृया अगाढी बढाइएको छ ।

नियन्त्रणमा लिइएको व्यक्तिहरुको विवरण ः
१) जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. १४ मटरदोभान बस्ने श्याम बहादुर थोकरको छोरा अं. बर्ष २६ को गंगा बहादुर थोकर ।

बरामद दशी ः
१. प्रतिबन्धित १२ के.जी. ४६० ग्राम लागु औषध गाँजा ।
२. पल्सर मोटरसाइकल थान -२ ।
३. Techno कम्पनीको मोबाईल थान-१ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x