१२ मंसिर २०८३, शुक्रबार
लागूऔषध ब्राउनसुगर ११ ग्रामसहित अजिज शेष पक्राउ
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित भारत बहराईच बस्ने २६ वर्षीय अजिज शेषलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
Subscribe
Login
0 Comments


