१ श्रावण २०८३, शुक्रबार

लेबनानको राजधानी बेरुतमा इजरायलको हवाई आक्रमण

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १०:५१ मा प्रकाशित

लेबनानको राजधानी बेरुतमा इजरायलको हवाई आक्रमणबाट गएराति ६ जना मारिएका छन् । आक्रमणमा अरु ८ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा पूरै लेबनानमा इजरायली आक्रमणबाट ४६ जना मारिएका र ८५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार संस्था अल जजिराका अनुसार, हिजबुल्लाह लडाकु र इजरायली सैनिकबीच दक्षिणी लेबनानमा भीषण युद्ध भइरहेको छ, जसमा इजरायलका पनि ८ सैनिक मारिएका छन् ।
इजरायलले प्यालेस्टाइनको गाजामा समेत आक्रमण तीव्र पारेको छ । एक अनाथलयसहित विद्यालय तथा अन्य फरक–फरक स्थानमा भएको आक्रमणमा दर्जनौं मानिस मारिएका छन् ।

गाजामा अक्टोबर २०२३ यता इजरायली आक्रमणबाट ४१ हजारभन्दा बढी मानिस मारिएका छन् भने ९६ हजारभन्दा बढी घाइते भएका छन् । गत वर्ष ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी करिब १३ सय मानिस मारेको थियो भने २ सयलाई अपहरण गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x