१३ आश्विन २०८३, मंगलवार
वडा नम्बर ८ मा अध्यक्षको सक्रियतामा सेनिटाइज अभियान सम्पन्न
श्याम कुमाार शाहु नेपालगञ्ज उपमहनगरपालिका वडा नं ८ मा कोरोना महामारीबाट सुरक्षित र जनतालाई सावधान रहन कार्यालय सहित नगरलाई सेनिटाइज गरिएको छ । अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले दिएको जानकारी अनुसार अब हामी जनतालाई समेत सचेतना अभियान शुरु गरेको हो । दिनहु जसो नेपालगन्ज कोरोना संक्रमण देखिएको बेला वडा कार्यालय र त्यहाँ कार्यरत कर्मचारीहरु सुरक्षालाई मध्यनजर गर्दै सेनिटाइज गरिएको हो । बिगत ३ दिन देखि निरन्तर रुपमा कार्यालय र नगरको आफ्नो छेत्रलाई सेनिटाइज गरिएको हो । हिन्दू शमशन भूमि देखि, त्रिभुवन चौक ,टागा स्ट्यान्ड, रंगशाला रोड , घसियारण टोल, लखेरण टोल लगायत वार्ड नं ८ का विभिन्न स्थानहरुमा सम्पुर्न टोल टोलमा स्वास्थ्य पहल गरिएको ।
Subscribe
Login
0 Comments


