१२ मंसिर २०८३, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको असलियत बाहिरियो

एसीपी संवाददाता

१६ जेष्ठ २०७८, आईतवार ०१:१६ मा प्रकाशित

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाको असलियत बाहिर आएको छ । अदालतमा न्यायाधीश थर्काएर मुद्दालाई प्रभावित पार्ने बानी परेका थापाको असलियत महान्यायाधिवक्ता रमेश बडालले बाहिर ल्याएका हुन् । हुन त शम्भु थापा पछिल्लो समय सरकारविरुद्ध सिलसिलेवार बोलिरहेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई क्रस गरेर जान राज्यका विभिन्न निकायलाई उक्साइरहेका छन् ।

चीनको जैविक हतियारको नतिजा हो कोरोना भाईरस


यस्तैमा उनले विहीवार सभामुख अग्निप्रसाद सापकोटालाई उचाले । सरकार र राष्ट्रपतिलाई क्रस गरेर संसद बोलाउन भनेर । सभामुखले कानुनी परामर्शका लागि बोलाएको बैठकमा गएर थापाले क्रस गरेर अगाडि बढ्न सुझाए ।

एकातिर सभामुखलाई यस्तो सुझाव दिने र अर्कोतिर सभामुखविरुद्धको मुद्दा समेत लड्ने काम थापाले गरेका छन् । जुन आचारसंहिता विपरीत हो । यहीँ विषयमा महान्यायाधिवक्ताले शुक्रवार संवैधानिक इजलासमा उठाए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले थापालाई कारवाही गर्ने कि नगर्ने निर्णय नेपाल बार एशोसिएसन लिनुपर्ने भनेर निर्णयका लागि महान्यायाधिवक्तालाई सहमति जनाए ।

थापासहित विपक्षी गठबन्धनका करिब एक दर्जन बढी अधिवक्ताले सभामुखलाई सदन जोगाउन अगाडि बढ्न सुझाएका थिए । एकातिर शेरबहादुर देउवाको विपक्षी गठबन्धनले सभामुखलाई आफ्नो निवेदनमा विपक्षी बनाएको छ भने अर्कोतिर सभामुखलाई अगाडि बढ्नुस् भनेर सुझाव पनि दिएका छन् ।

संवैधानिक इजलासमा के भयो?

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बमकुमार श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाएका थिए । त्यसमाथि महान्यायाधिवक्ताले काउन्टर दिँदै उनीहरुकै नैतिकतामा प्रश्न उठाए । उनीहरुलाई आचारसंहिता लागू हुने भन्दै इजलासमै उनीहरूमाथि कारवाहीको प्रसंग उठ्यो ।

इजलासमा विवाद चलिरहेकै बेला उठेका महान्यायाधिवक्ता रमेश बडालले कानुन व्यवसायी आचारसंहिताविपरीत वरिष्ठ अधिवक्ताहरूले सभामुखलाई कानुनी सल्लाह दिएको बताए । शेरवहादुर देउवा लगायत विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले दायर गरेको रिटमा सभामुख अग्नि प्रसाद सापकोटालाई पनि विपक्षी बनाइएको छ । रिट निवेदन पक्षका वकिलहरूले विहीवार संसद भवनमा विपक्षीलाई कानुनी सल्लाह दिनु आचारसंहिता विपरीत र कारवाहीयोग्य विषय रहेको बडालले बताए ।

बडालले भने- कानुन व्यवसायी आचारसंहिताले कुनै पनि वकिलले पक्ष र विपक्ष दुवैको पक्षबाट पैरवी गर्न पाउँदैन । उहाँहरू रिट निवेदक पक्षको वकिल भएर आउने र विपक्षी सभामुखलाई कानुनी सल्लाह दिने कुरा आचारसंहिताविपरीत हो । उहाँहरूले हिजो सभामुखलाई के सल्लाह दिनुभयो ? कानुन व्यवसायी आचारसंहिता विपरीत गर्ने कानुन व्यवसायीको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मका कारवाही हुनेतर्फ महान्यायाधिवक्ताले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

महान्यायाधिवक्ता बडाल बोलिरहँदा शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतका कानुन व्यवसायी संवैधानिक इजलासमा नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ नैतिक रूपमा बस्न नमिल्ने भन्दै आपत्ति जनाइरहेका थिए । महान्यायाधिवक्ता बडालले त्यसको पनि प्रतिवाद गर्दै भने- विगतबाट पाठ सिकेर फलानो न्यायाधीश हुँदैन भन्दै मिडिया र सोसल मिडिया रङ्गाउने र इजलासलाई दबाब पार्ने रणनीति अनुसार उहाँहरू आउनुभएको छ । उहाँहरू पहिलेको अनुभवलाई रणनीति बनाउँदै हुनुहुन्छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x