१२ मंसिर २०८३, शुक्रबार

विदेशी नागरिकलगायतबारे नकारात्मक टिप्पणी गरे कारबाही गरिने- गृह मन्त्रालय

एसीपी संवाददाता

१९ भाद्र २०७८, शनिबार ११:३५ मा प्रकाशित

भदौ १९ गते शनिबार । विदेशी लगानीका आयोजना, ती आयोजनामा कार्यरत विदेशी नागरिकलगायतबारे नकरात्मक टिप्पणी गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाबारे, ती आयोजनामा कार्यरत विदेशी नागरिकबारे र उनीहरुको सम्पत्तिबारे धम्की आएको भन्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गरिने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयमा असुरक्षा आउने र मित्र राष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’
मन्त्रालयले त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेकोसमेत बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x