१२ मंसिर २०८३, शुक्रबार
विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश
२४ गते कात्तिक २०७८ । विभिन्न पार्टी परित्याग गरि ४ दर्जन भन्दा बढी जनमत पार्टीमा प्रवेश। नेपालगन्ज उपमहानगरपालिका वडा नंबर १४मा भेलाभई उक्त प्रवेश कार्यक्रम गरिएको हो।आजको कार्यक्रम जनमत पार्टीका नेता रियाज अहमद शेषको नेतृत्वमा गरिएको थियो त्यसै आजको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य महिला नेतृ जोया शेष रहेकी थिइन भने आजको कार्यक्रममा महिला नेतृ नाजमा बागवान, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष अब्दुल वाहिद शेष, जिल्ला सदस्य मोहम्मद फारूक हासमी,जिल्ला सदस्य कलामुद्दीन शेष, युवा जनमत संघ जिल्ला सहसचिव मेराज अहमद दर्जि लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
आजको कार्यक्रम पश्चात् ४ दर्जन भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेको केन्द्रिय सदस्य इरफान अहमद शेषले जनाएका छ्न । 
Subscribe
Login
0 Comments


