१२ मंसिर २०८३, शुक्रबार

विश्व एड्स दिवस, बाँकेमा विभिन्न जनचेतनामूलक कार्यक्रम

एसीपी संवाददाता

१६ मंसिर २०७८, बिहीबार ०१:५० मा प्रकाशित

असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ बुधवार ३४ औं विश्व एड्स दिवस, बाँकेमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पताल परिसरबाट निकालिएको ¥याली बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव नेपाली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सडक नाटक प्रदर्शनसँगै निःशुल्क कण्डम समेत वितरण गरिएको थियो । बाँकेमा गएको वर्ष १ सय १७ एचआइभी संक्रमित बिरामी थपिएका छन् । योसँगै जिल्लामा पहिचान भएका एचआइभी संक्रमित बिरामीको संख्या १ हजार ३ सय ३४ रहेको छ ।

अहिलेसम्म बाँकेमा ६८ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा अहिले ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x