सिमानामा नेपाली नागरिकको मृत्यु , भारतिय प्रहरीले शुरु गर्यो अनुसन्धान
रुपैडिहा – नेपाल–भारत सीमानामा खुलेआम लागुऔषध बिक्री हुन थालेको छ । बिक्रेता र उपभोक्तालाई पक्राउ नगर्दा भारतिय सिमानामा खुलेआम लागुऔसध पाउने गरेको त्यहा स्थित पत्रकार सुरेश कुमार मधेसीयाले जनाएका छ्न । भारतीय सीमामा नशालु पर्दार्थ सेवनले मृत्यु हुने क्रम रोकिने संकेत देखिएको छैन । भारतको उत्तर प्रदेशको जिल्ला बहराईचको रुपैडिहा नगर पञ्चायतको रुपैडिहा गाउँमा रहेको पानी ट्यांकी नजिक एक जना अन्दाजी २०, २२ वर्षीय युवकको शव फेला परेको थियो । खबर पाएलगत्तै एसआई विजयकुमार, सन्तोषकुमार, क. राहुल सिंह र जयचन्द गौड तुरुन्तै घटनास्थल पुगे। मृतकले कालो रंगको तल्लो चेक सर्ट लगाएका थिए । बायाँ हातमा किरणको लेखेको छ। त्यस्तै करिब २ महिनाअघि सिंघानिया मार्केटको आधा बनाइएको प्लाटमा एक नेपाली युवकको शव फेला परेको थियो । नेपाली युवाको यो क्रमिक मृत्युले रुपैडिहामा खुलेआम स्म्याक बिक्री भइरहेको प्रमाणित गरेको छ । अज्ञात मृत्युको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।


