५ श्रावण २०८३, मंगलवार
स्थानीय निकाय र प्रहरीको सक्रियताले गाई काटने खोज्नेलाई धपाईयो
बाँके , नेपालगन्ज उपमहानगरपालिका १९ का वडा अध्यक्ष परसराम कुर्मी र बस पार्क बाट खटिएका प्रहरी टोलिको सक्रियता ठुलो दुर्घटना हुन बाट जोगिएको छ । गुप्त सूचनाको अधारमा बाँकेको फुटहा र सुहिहा बिच राष्ट्रीय जनावर गाई काटना लागेको सुचना प्राप्त हुन साथ स्थानीय निकायका प्रतिनिधि र प्रहरी सक्रिय भएका हुन । वडा अध्यक्ष र प्रहरी त्यहीँ पुग्दा उक्त स्थानमा फुटहाको एउटा बगैंचामा ३ वटा गाई बँधेरा काटने तयारी गरी रहेका ५ जना व्यक्तिहरु फरार भएका हुन । गुप्त सुचनाका अधारमा प्रहरीलाई लिएर पुग्दा दुर्घटना हुन जोगिएको हो । बगैचा नजिकै एउटा खेतमा पानी चलाउने ट्यूबियल माथी पनि गाईको हड्डी हरु भेटिएको थिए ।
केही दिन आगाड़ी नेपालगंज उपमहानगरपालिका १४ बाबूगाऊँ नाजिक रहेको मेरो प्लेनेट पार्क पछाड़ी गाई कटेको अवस्थामा भेटिएको थियो ।
Subscribe
Login
0 Comments


