निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालका अनुसार वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गीता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेश प्रदेश अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदूरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सेना निर्वाचित भएका छन् । अनलाइन खबर



