१६ आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगञ्जमा शुरु

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार १६:५४ मा प्रकाशित

सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुक्रवारबाट नेपालगञ्ज रंगशालामा शुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ २१–२५ फागुनसम्म नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लव र न्यू डायमण्ड क्लव वीच भइरहेको छ ।

पहिलो खेलको पहिलो सेटमा नेपाल पुलिस क्लवले न्यू डायमण्ड क्लवलाई २५–१९ ले पराजित गर्दा दोस्रो सेटमा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई २८–२६ ले पराजित गरेको छ । अहिले तेस्रो सेटको खेल भइरहेको छ ।

यसैवीच, आज दोस्रो खेल लुम्बिनी प्रदेश र नेपाल आर्मी क्लव वीच हुने बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी, महेन्द्र पुलिस कलव, सशस्त्र प्रहरी, होङ्गाजी न्यू डायमण्ड र स्थानीय लुम्बिनी युनाइटेड गरि पाँच वटा टिमले सहभागिता जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x