१० कार्तिक २०८१, शनिबार

अपराधिक गतिविधिहरु प्रहरी समक्ष आउन थाले पछि प्रहरीलाई मुद्धाको चाप

एसीपी संवाददाता

५ माघ २०७६, आईतवार १०:२१ मा प्रकाशित

नेपालगञ्ज बाके :  जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको छ । बढ्दो जनचेतनाको कारण गाउँ घरमै दवाएर राख्ने गरेका अपराधिक गतिविधिहरु प्रहरी समक्ष आउन थालेकोले पनि प्रहरीमा मुद्धाको चाप बढेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको अर्धबार्षिक गतिविधिलाई समीक्षा गर्दै आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षिय अपराध तालिका सार्वजनिक गर्दै पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासको कारणले मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक बीरबहादुर ओलीले आमनागरिकमा प्रहरीप्रतिको विश्वास बढेको कारण मुद्दाको चाप बढेको जिकिर गर्दै भने–‘हिजोसम्म प्रहरी समक्ष आउन हिच्किचाउनेहरु आज न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्धा दर्ता गर्ने गरेका छन् । यो अपराध रहित समाज निर्माणको लागि राम्रो पक्ष हो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा ११ प्रतिशतले अपराधिक गतिविधि बढेको देखाएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७१ देखि २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार ०७०÷७१ मा ७ सय ३८, ०७१÷७२ मा ७ सय ३५, ०७२÷७३ मा ८ सय ५५, ०७३÷७४ मा १ हजार २१ र ०७४÷७५ मा १ हजार १ सय ५६ वटा मुद्दा दर्ता भएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x