३२ असार २०८३, बिहीबार
अब्दुल माबुद खाले दिए इदउल अजहा (बकर ईद) को शुभकामना
कृष्णनगर, कपिलवस्तु, जेठ २४
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिका सदस्य अब्दुल माबुद खाले स्लाम धर्मावलम्वीहरुको दोस्रो ठूलो पर्व ईद (इदउल अजहा) बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् ।
शुभकामना सन्देश दिदै खांले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए ।
बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलंबी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना खाले व्यक्त गर्दै सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदाय प्रति सम्मान समेत गरेको बताएका छन्।
Subscribe
Login
0 Comments



