११ मंसिर २०८३, बिहीबार

अब देशमा मन्त्री लखेटने कार्य शुरु,मन्त्री धुलो उडाउदै भागाभाग

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार १६:५४ मा प्रकाशित

काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गर्ने सरकारको समर्थनमा रहेका मन्त्रीहरूलाई जनताले गाउँगाउँमा लखेट्न थालेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्याललाई गृहजिल्ला स्याङ्जामा जनताले कालोझण्डा देखाउँदै लखेटेका छन् ।

वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् । नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले कालोझण्डा देखाउँदै विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले जानकारी दिए ।

विरोध कार्यक्रम भइरहेका बेला आएकी मन्त्री अर्याललाई स्थानीयले कालोझण्डा देखाएर विरोध गरेका खाँणले बताएका छन् । खाँणका अनुसार शनिवार १ घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम समेत गरिएको छ ।

नेकपा ओली पक्षको सिटीहलमा भेला आयोजना गरिएको थियो । कांग्रेसको विरोध कार्यक्रम भइरहेको बेला सवार मन्त्रीलाई कालोझण्डा देखाउँदा प्रहरी र कांग्रेस कार्यकताबीच सामान्य झडप भएको खाँडले बताएका छन् ।

मन्त्री अर्याल मूलबाटोमा कांग्रेसको विरोध सभालाई छलेर भित्रि बाटोबाट भागेर नेकपाले आयोजना गरेको कार्यक्रमस्थल गएकी जनाइएको छ । मिडिया डवलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x