अब देश चलाउने पालो युवाको -युवा नेताचन्द
हिजोका युवा आजका नेतृत्वले ल्याएको राजनैतिक र सामाजिक परिवर्तनलाई आत्मसाथ गर्दै अझै सघन रुपमा स्थापित गराउन र सुदृढ बनाउदै कार्यान्वनमा दिशामा चुस्त दुरुस्त परिपक्क बनाउन अब आजका युवाले पालो लिनु पर्छ, अवसर खोज्नु पर्छ र समाज र राष्ट्र बनाउन अघि सर्नुपर्छ। तर एक्लो वृहस्पति सधै झुटो हुन्छ भने जस्तो वा एक थुकि सुकी, सय थुकि नदी भने जस्तो हामी एकजुट हुन् जरूरी छ, युवा एकता आवश्यक छ र अपरिहार्य समेत छ र अब देश चलाउने पालो पनि युवाको नै हो भन्ने कुरामा दुइमत नरहेको क्षेत्रिय सभापति तेजबहादुर चन्द दाबि गर्नु भएको छ।
हामी युवाका विचार, कुण्ठा, मतभेद र हाम्रा अभिव्यक्ति अनि हाम्रा आपत्तिहरु केबल फेसबुकमा सिमित हुँदै छन्। मलाई यसैको चिन्ता लाग्छ, कुनै युवाले त्यही कुरा कुनै स्थानमा उभिएर बोल्दा कराउँदा जति प्रभाव पार्न सक्ने थियो, आज केबल फेसबुकमा लेखेर, कमेन्ट गरेर हामी त्यो गर्न सकिदैन जुन एउटा संस्थामा वा समूहमा रहेर गर्न सकिन्छ त्यहि भएर युवाहरुले नेतृत्व लिन आवश्यक रहेको नेता चन्दले बताए।
त अब देशमा सम्बृद्धि शुसासन र पारदर्शिता
कायम राख्न सक्छन् भने केवल त्यो युवा मात्र कायम राख्न सक्छ त्यसैले नेता चन्द भन्नुभयो एक थुकि सुकि सय थुकि समुन्द्र भए जस्तै युवा एकजुट हौ सम्बृद्ध नेपाल सिर्जना गरौ।
जय नेपाल, .जय युवाu#


