३२ असार २०८३, बिहीबार

अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश

एसीपी संवाददाता

१६ जेष्ठ २०८२, बिहीबार ११:४५ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने कार्यसूची छ ।

अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थ मन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिए । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धि पत्रको बेहोरा वाचन गर्ने तथा अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थ मन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेश गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x