आइतवार बाँकेका ३६ सहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
आइतवार बाँकेका ३६ सहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
श्रेष्ठका अनुसार बाँकेका ३६, बर्दियाका १७, सुर्खेतका ३, दांगका २, काठमाडौंका २, सल्यान, कैलाली र जाजरकोटका १÷२ जनामा कोरोना देखिएको हो । २३ महिला र ४१ पुरुषमा कोरोना देखिएको हो । बाँकेमा हालसम्म २ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने २६ जनाको मृत्युु भईसकेको छ । यसै बीच बाँकेमा आईतवार थप १६ जना कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ५ महिला ११ पुरुष गरी १६ जना डिस्चार्ज भएका हुन् ।
- हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही
- टिकटकमा अश्लील भिडियो आउने गरेको भन्दै पाकिस्तानले लगायो प्रतिबन्ध
- सरकारसँग भएको ८ बुँदे सहमतिपछि २८ औं दिनमा अनसन तोडियो
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा कोरोनाका बिरामीको निको हुने दर प्रति सयमा ७५ दशमलव २२ रहेको छ । त्यस्तै कोरोना बिरामीमा मृत्यु दर १ दशमलव ०८ रहेको छ भने बाँकेमा कोरोना रोगको प्रकोप दर शून्य दशमलव ४० रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ३४ र अन्य जिल्लाका २० गरी ५ सय ५४ जना रहेका छन् ।



