१२ मंसिर २०८३, शुक्रबार

आगानिस्तान पछि अब भारतको जम्मुकस्मिरमा आतंक मचाउने धम्की

एसीपी संवाददाता

८ भाद्र २०७८, मंगलवार ०२:२५ मा प्रकाशित

फाइल तस्बिर

अफगानिस्तानमा तालिबानको जीत पछि, पीओकेमा आतंकवादी संगठनहरु उत्सव मनाउदै छन् । प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबा र जैश–ए–मुहम्मदले हालैका दिनहरुमा पाकिस्तान प्रशासित कश्मिरमा धेरै ¥याली गरेका छन् । अफगानिस्तान गएर अफगानिस्तान सरकार बिरुद्धको लडाईमा तालिबानलाई समर्थन गर्न अफगानिस्तान गएका र पछि उनीहरु सुरक्षित घर फर्केका छन् । ¥यालीहरुको केहि भिडियोहरु पनि देखिएका छन् ।

यी भिडियोहरुमा आतंकवादीहरु एक अर्कालाई बधाई दिइरहेका छन् र हावामा गोली हानिरहेका छन्। पाकिस्तानको पीओकेका एक कार्यकर्ता अमजद अयूब मिर्जाले मिडियालाई भने कि पीओकेबाट दर्जनौं तालिबान आईएसआई र पाकिस्तानी सेनाको इशारामा अफगानिस्तान गएका थिए । यी मानिसहरु त्यहाँ तालिबान संग मिलेर लडे र अब उनीहरु बिस्तारै घर फर्कदैछन्। आइतबार धेरै युवाहरु पीओके को हजारीया पुगे। यस क्रममा उनीहरुले सडक अवरुद्ध गरेर स्थानीय जनतालाई धम्की दिइरहेका थिए। उनीहरु मानिसहरुको चेकजाँच समेत गरेका थिए ।

उनीहरुलाई आफ्नो परिचय पत्र पनि देखाउन भन्दै थिए। कार्यकर्ताहरु भन्छन कि मानिसहरुमा आतंक फैलाउनु को मुख्य कारण यो हो उनीहरु जम्मू कश्मीरमा पीओके बाट पाकिस्तानी लाउन्डर प्याडको उपयोग कश्मीरमा गर्न सक्छन्। आईएसआईले यी आतंकवादीहरुलाई निर्देशन दिएको छ कि अफगानिस्तान पछि यो कश्मीर र त्यसपछि सम्पूर्ण भारत को पालो हो। लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद दुई त्यस्ता आतंकवादी संगठन हुन् जसको भारतमा आतंकवादी घटनाहरु गराउन सीधा सम्बन्ध छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x