९ मंसिर २०८३, मंगलवार

उईगर मुस्लिम माथी चीनको अत्याचारलाई नरसंहारको घटना स्वीकार गर्न माङ

एसीपी संवाददाता

२४ चैत्र २०८०, शनिबार ०८:४७ मा प्रकाशित

म्युनिख –  जर्मनीमा आधारित उइगर अधिकार संगठन, विश्व उइगर कांग्रेस (डब्लूयूसी) ले अष्ट्रेलियाले सिनजियाङमा उइगर समुदायमाथि चीनको अत्याचारलाई नरसंहारको रुपमा मान्यता दिन माग गरेको छ। 

डब्लूयूसीद्वारा उठाएको माग चीन र अष्ट्रेलियाका विदेश मन्त्रीहरूको मार्च २० मा निर्धारित बैठक अघि आएको डब्लूयूसीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

डब्लूयूसीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चीनका विदेशमन्त्री वाङ यीले अष्ट्रेलियाको विदेश मन्त्री पेनी वोङसँग भेट गरेका छन्, जुन लगभग सात वर्षमा बेइजिङबाट पहिलो उच्चस्तरीय भ्रमण हो। मन्त्रीहरू सातौं अष्ट्रेलिया-चीन विदेश र रणनीतिक संवादमा सहभागी हुनेछन्, जसमा मानवअधिकार र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ।’

विश्व उइगर कांग्रेसका अध्यक्ष डोल्कुन इसाले भनेका छन्, ‘अष्ट्रेलिया सरकारले ऐतिहासिक रूपमा चीनसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक अगाडि बढाएको छ। चीनलाई ठोस कार्यहरूका साथ जवाफदेही बनाउन अस्ट्रेलिया सरकारले पहल गर्नुपर्दछ।’

चीनको सिन्जियाङमा चिनियाँ सत्ताले जातीय सफाया गर्दै उइगरहरुमाथि मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ। उइगरहरुलाई बिना कसुर कैदी बनाउने, जबरजस्ती श्रममा लगाउने, यौन हिंसा गर्ने, जबरजस्ती बन्ध्याकरण गराउने, हत्यासमेत गर्नेजस्ता गतिविधि भइरहेको विभिन्‍न अनुसन्धान रिपोर्टहरुले जनाएका छन्।

जसका कारण विश्‍वभरबाट त्यसको विरोध भइरहेको समयमा डब्लूएसीले चीनलाई जवाफदेही बनाउन सिन्जियाङमा नरसंहार भइरहेको कुरा स्वीकार गर्ने अस्ट्रेलिया सरकारसँग माग गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x