उखु खेतमा आगलागी हुँदा लाखौँको क्षति
प्रतिमा विश्वकर्मा/११ गते कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ । कम्पाइनबाट कटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको हो ।
आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ् भने करिब २ लाख ५० बराबरको क्षती भएको कुरा सशत्र प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्द ले जानकारी दिनु भयेको छ । आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनायेको छ ।
आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जान्कारी पायेपछि कृष्णनगर नगरपालिकाको दमकल पुगि, सशत्र प्रहरी बल,नेपाल प्रहरी तथा स्थानीय मान्छेहरुको अथक् प्रयासले आगो नियन्त्रणमा आयेको प्रहरीले जनायेको छ् ।



