१ श्रावण २०८३, शुक्रबार

उठ् गोविन्दे उठ्

एसीपी संवाददाता

५ आश्विन २०७७, सोमबार ०९:५३ मा प्रकाशित

उठ् गोविन्दे उठ्

उठ् गोविन्दे उठ्

सुतेर लक्ष्य प्राप्तिको चाह कि वेश्याले गर्न सुहाउँछ

कि निरो वा कुम्भकर्णजस्तो शासकले

गोविन्दले त उभिनुपर्छ गोवद्र्धन पर्वत उचालेर

र रक्षा गर्नुपर्छ तमाम सरलचित्त गाई ग्वालाहरूको

यस्तो बेला पत्थरका मूर्तिअघि सुत्ने होइन

उठ् गोविन्दे

पत्थरहरू चकनाचुर पार्ने घन लिएर उठ् ।

उठ् गोविन्दे उठ्

बेलावेलाको अन्न त्याग्ने काम कि हन्तकाली दीर्घरागीले गर्नुपर्छ ।

कि दुईछाक परिवारलाई जोहो गर्न नसकेका भोकरोगीले गर्नुपर्छ

गोविन्दले त आफूले कनिका चपाएर

अन्नभण्डारले भरिभराउ पार्नुपर्छ सुदामाहरूको घर

सर्वभक्षी राक्षसहरूको बीचमा

यस्तो बेला अन्न नखाएर मर्ने होइन

बगरका ढुङ्गा चपाएर निले पनि पचाउने जोश बोकेर

उठ् गोविन्दे उठ् ।

खाना खा, पानी खा, आगो खा ।

उठ् गोविन्दे ।

तेरा ती साहसी आँखा

पानी नपाएर शुष्क भई चिम्लनका लागि होइनन्

स्वयम्भूझै सोझासाझालाई जगाउन

र काल भैरवझैं महाराक्षसलाई झस्काउनका लागि हुन्

उठ् गोविन्दे हेर ।

दैत्यहरूको मुटु पनि थर्कमान हुनेगरी

नृसिंहको आँखा खोलेर हेर

दैत्यको आकार जतिसुकै भयङ्कर किन नदेखियोस्

उसलाई वेश्याको वासनाको भोकले हराउँछ

छोराछोरी र रखैलका अतृप्त मागहरूले हराउँछ

आफ्नै भित्रको बासी अहंकार र भ्रमले मारिदिन्छ

यसर्थ यिनका अगाडि सुतेर जगहँसाइ गर्ने हैन

यिनलाई रति र कामलाई डढाएर धूलोले उडाउनुपर्छ

तँ उठेर आँधी बनेपछि मात्र बबण्डर आउनेछ

र बलियो बन्दै अगाडि बढ्नेछ सारालाई समेट्दै

र एक दिन चक्रवातले निमिट्यान्न पार्नेछ फोहरमैलाको हस्ती

यस्तोमा सुत्ने होइन गोविन्दे

तँ आँधी बनेर उठ्,

उठ् गोविन्दे उठ् ।

समाजिक संजालबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x