१२ मंसिर २०८३, शुक्रबार
उत्तर प्रदेशमा धेरै जसो जिल्लाहरुमा कर्फ्यु जारी
नेपालगन्ज । कोरोना संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा धेरै जसो जिल्लाहरुमा कर्फ्यु जारी गरिएको छ। सबै विद्यालयहरु बन्द गरिएका छन्।
उत्तर प्रदेश सरकारले आगामी ३० अप्रिलसम्म सबै विद्यालयहरु बन्द गराएको हो ।कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको छ ।
दिनमा सयजना नयाँ संक्रमित फेला परेका र पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिएका छन् ।
Subscribe
Login
0 Comments


