१ श्रावण २०८३, शुक्रबार

एक घरमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

एसीपी संवाददाता

२६ भाद्र २०७७, शुक्रबार १७:२४ मा प्रकाशित

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरा स्थित एक घरमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

https://www.youtube.com/watch?v=97CYRSp2xO4

महानगरीय प्रहरी वृत्तका अनुसार शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो । महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ ।घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ । केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिका एसपी बेल बहादुर पाण्डेले शब सड्न थालेको पाइएकाले केही दिन अघि नै मृत्‍यु भएको हुनसक्ने बताउनुभयो । उक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x