१४ मंसिर २०८०, बिहीबार

एक दिनकालागि महोत्सव स्थगित,

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार १२:१० मा प्रकाशित

लोकदोहोरी तथा आधुनिक संगितका ज्योती मगर र प्रमोद खरेल शनिबार कोहलपुर आउने

कोहलपुर/बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु,
कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव एक दिनकालागि स्थगित
गरिएको छ । कोहलपुर वडा नं. १२ का वडाध्यक्षको असामहिक निधनप्रति दुख ब्यक्त गर्दै
शुक्रबार  एक दिन महोत्सवको सम्पूर्ण साँस्कृतीक कार्यक्रम स्थगित गरीएको
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले जनाएको छ ।
महोत्सव मुल समारोह समितिका संयोजक हेम विक्रम जिसीले एक विज्ञप्ती जारी
गर्दै मृतक खड्का प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन ।साँस्कृतीक कार्यक्रमका साथै दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै महोत्सवका सम्पूर्ण गतिविधि शुक्रबार एक दिनकालागि बन्द गरिएको विज्ञप्तीमा उल्लेख गरीएको छ । बिहिबार रातीदेखी परेको अविरल वर्षाका
कारण महोत्सव स्थल हिलाम्मे भएकाले महोत्सवमा आउने दर्शकहरुको सुविधालाई
मध्यनजर गर्दै शुक्रबार महोत्सव स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह
समितिका संयोजक जिसीले बताएका छन ।
लगातारको वर्षाले महोत्सव परिसरमा राखिएका स्टल, मञ्च लगाएतका भौतिक
संरचनामा असर पुग्नुका साथै महोत्सव अवलोकनकर्ताहरुलाई आवतजावतमा समेत
समस्या देखिएकाले एक दिनकालागि महोत्सव स्थगित गरिएको बताईएको छ ।
जिसीद्धारा जारी विज्ञप्तीमा शनिबारदेखी महोत्सव महोत्सव समापन
नहुँदासम्मका सबै साँस्कृतीक कार्यक्रमहरु पुर्व निर्धारित समयमै हुने
समेत जनाईएको छ ।

शनिबार प्रमोद खरेल आउने

चर्चित गायक प्रमोद खरेल शनिबार कोहलपुर महोत्सवमा आउने भएका छन । पुर्व
निर्धारित तालिका अनुसार शुक्रबार खरेल कोहलपुर आउने बताईएको थियो । तर
लगातारको वर्षाका कारण महोत्सव प्रभावित भएसँगै खरेलको कार्यक्रम एक दिन
पछाडी धकेलीएको हो । शनिबार प्रमोद खरेलेको आगमनसँगै महोत्सवको
साँस्कृतीक कार्यक्रमलाई पुन संचालन गरिने आयोजकले जनाएको छ ।
महोत्सव आयोजकले शनिबारदेखी सहज रुपमा महोत्सव अवलोकन गर्न सकिने वातावरण
निर्माण गरीने भएकाले महोत्सवको अवलोकनकालागि आउन सम्पूर्ण जिल्लावासीलाई
आग्रह समेत गरेको छ ।

कोहलपुर महोत्सवमा शनिबार ज्योती मगर र प्रमोद खरेल आउने

कोहलपुरमा जारी महोत्सव शनिबार थप रोचक हुने भएको छ । लोकदोहोरी तथा
आधुनिक संगितका हस्ती ज्योती मगर र प्रमोद खरेल शनिबार कोहलपुर आउने भएका
छन ।नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा संचालन
भईरहेको ुतेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी
प्रदर्शनी, एवम् पर्यटन महोत्सवु मा सहभागी हुन उनिहरु कोहलपुर आउन
लागेको महोत्सव प्रचार प्रसार उपसमितिकी सहसंयोजक विन्दु विसीले जानकारी
दिईन ।पुर्वनिर्धारित तालिका अनुसार प्रमोद खरेल शुक्रबार महोत्सव आउनेकार्यक्रम थियो । तर वर्षाका कारण शुक्रबारको कार्यक्रम स्थगित भएपछि
शनिबार प्रमोद र ज्योती मगर दुबैलाई दर्शकले एकसाथ हेर्न पाउने भएका छन । ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष
२४ गतेदेखी सुरु भएको महोत्सव माघ ५ गतेसम्म संचालन हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x