१८ भाद्र २०८३, बिहीबार

एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एसीपी संवाददाता

३ पुष २०८१, बुधबार १३:०३ मा प्रकाशित

काठमाण्डौचितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।

चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x