१६ आश्विन २०८३, शुक्रबार

एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि

एसीपी संवाददाता

२९ चैत्र २०७७, आईतवार ०३:४४ मा प्रकाशित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै उपाधि उचाल्न सफल भएको हो ।

सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य एपीएफले २२ बल बाँकी छँदै भेटाउन सफल भएको थियो । खेलमा ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान गर्दा कप्तान सीता रानामगरले २७ रनको पारी खेलिन् । इन्जु बर्मा र ममता चौधरीले क्रमश अविजित १९ र १५ रन जोड्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । ओपनरद्वय ज्योति र सीताराना मगर दुवै रन आउट भएका थिए ।

यसअघि पूरै २० ओभर खेल्दै सुदूरपश्चिमले ७ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । सर्वाधिक ४४ रन जोडेकी विन्दु रावल अविजित रहँदा डोली भट्टले १४ तथा रेवती धामीले १० र कविता कुँवरले १३ रन जोडेका थिए ।

यस्तै अन्य खेलाडीले भने एपीएफको कसिलो बलिङसामु राम्रो स्कोर गर्न सकेनन् । एपीएफका लागि विनु बुढा, सीता राना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले समान एक/एक विकेट आफ्नो लेखाए ।

सहज जित निकालेको विजेता एपीएफले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । पाँच टोलीले सहभागिता जानाएको प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन प्रदेश १ की रुविना क्षेत्री चुनिँदा उत्कृष्ट बलर विनु बुढामगर घोषित भइन् ।

यस्तै विजयी टोलीकी कप्तान सीता राना मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनिन् । उत्कृष्ट ब्याट्स वुमन र बलरले जनही १५ हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट सीताले नगद २५ हजार रुपैयाँ पारिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x