१४ मंसिर २०८०, बिहीबार

एमसीसी बारे विपक्षमा नबोल्न मन्त्रीहरुलाई ह्वीप जारी

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार १०:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे वि’पक्षमा नबोल्न मन्त्रीहरुलाई ह्वीप जा’री गरेका छन् । उनले वि’पक्षमा बोल्ने मन्त्रीलाई पद छाड्न निर्देशन समेत दिए । सरकारको योजनाको वि’रोध गरेर मन्त्रिपरिषद्मै बसिरहनुको अर्थ नभएकोले वि’रोधमा बोल्नेले पद छाडेरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशात्मक चे’तावनी दिएका थिए।

मन्त्रिपरिषद्को पुस २८ गते सोमबार साँझ बसेको बैठकमा आधिकारिक एजेण्डामा प्रवेश गर्नुपूर्व मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै उनले ‘कुनै पनि मन्त्रीले अब उप्रान्त कुनै पनि ठाउँमा एमसीसीबारे न’कारात्मक कुरा नगर्नु होला’ भनेका थिए। पार्टीभित्र एमसीसीको विपक्षी खेमासम्बद्ध गु’टमा सामेल भए पनि मन्त्री भएपछि चूपचाप भएका कृषिमन्त्री घनश्याम भुषालले पहिले जे भयो भयो अव के गर्ने त्यो भन्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीको अनुमोदन यो सरकारको नीति भएको स्पष्टसँग बुझ्न मन्त्रीहरुलाई भनेका थिए । अ’परान्ह पाँच बजेदेखि शुरु भएको मन्त्रिपरिषद्को बैठकमा एमसीसीबारे मन्त्रीहरुको अस्पस्टता र पार्टीका आन्तरिक कार्यक्रमहरुमा कतिपय मन्त्रीहरुले वि’पक्षमा बोल्ने गरेको सूचनाका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा आ’क्रो’शपूर्व अभिव्यक्ति दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x