१ श्रावण २०८३, शुक्रबार

ओलि नेतृत्व सरकारको खुलेरै कडा आलोचना गर्दै-नेकपा नेतृ झाँक्री

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार ०६:५६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले केपि ओलि नेतृत्व सरकारको खुलेरै कडा आलोचना गरेकी छिन् ।

कुलमान घिसिङ्ग पुन नियुत्तीको बिषयबस्तुमा रहेर एक अनलाइन टेलिभिजन सङको अन्तर्वार्ताका क्रममा सांसद झाँक्रीले भन्नुभयो – ” विगतमा देशमा राजा लगाएत राजतन्त्रले लुटिरहेको ठाउँमा तेस्तै नयाँ मान्छे आएर लुट्ने कामनै भैरहेको छ ।”

अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कार्यकालमा पार्टी एकताबद्द सरकार पनि शसक्त र प्रभावकारी ढंगले चलाउनुहुन्छ भन्ने जुन खालको आमधारणा र पार्टी कार्यकर्ताको जुन किसिमको आशा र अपेक्षा थियो त्यसको उल्टो उहाँको देखिन थालेको छ।

सरकारका पछिल्ला नियुक्ति र पुननियुक्तिमा जुन गतिबिधी देखिए, हाम्रा नेताहरु, हाम्रा मन्त्रीहरुले अहिले जे जे कर्म गर्दै हुनुहुन्छ त्यो पार्टीलाई आगामी दिनमा महँगो पर्ने देखिन्छ उहाँले भन्नुभयो ।

साढे दुई बर्ष फर्केर हेर्दा उहाले जुन किसिमको कार्यशैली अपनाउनु भयो त्यसले गर्दा उहाँको मात्रै हैन पार्टीलाई ठुलो क्षति पुगेको त्यसको परिणाम आगामी निर्बाचनमा समेत पर्ने बताउनु भयो।

त्यस्तै कुलमान प्रसङ्गमा सांसद झाँक्रीले भन्नुभयो – ‘कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नभएको भए आज पनि देशमा १२ घण्टासम्मको लोड सेडिंग हुनसक्थ्यो ।’

कुलमान घिसिङ्ग प्रमुख भएर आएपछि २१ घण्टासम्मको लोड सेडिंग अन्त्य भएको सत्य हो उँहाले राम्रो काम गर्नुभयो उहाँले गरेको कामको जनताले स्याबासी दिए उहाँको लोकप्रियता बढ्यो हामीले डाहा गरेर भएन उहाँकै नेतृत्वमा प्राधीकरणमा परिवर्तन भएको सत्य हो ।

सांसद झाँक्रीले भन्नुभयो पछिल्लो समय सरकारले कुलमान घिसिङ्गको पुननियुक्तिको सम्बन्धमा सरकारले जुन रबैया देखाउने संकेत गरेको छ त्यसले सरकारले कसको लागि काम गरिरहेको छ भन्ने छर्लंग भएको छ । श्रोत पाथीभारा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x