११ मंसिर २०८३, बिहीबार

ओलि समुहका मन्त्रीलाई हटाइ मुख्यमन्त्री आफैले पद ओगटे

एसीपी संवाददाता

१७ पुष २०७७, शुक्रबार ०४:२२ मा प्रकाशित

धनगढीः ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैले लिएका छन्।

मन्त्रीलाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन बनेको मन्त्रालय आफू मातहत राखेर मुख्यमन्त्री भट्टले कामकाज गर्न थालेका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको आधिकारीक वेवसाइटमा मुख्यमन्त्री भट्टको फोटो र सम्पर्क नम्बर समेत राखिएको छ।

त्यहाँ उनलाई मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्री भनेर उल्लेख गरिएको छ।

मुख्यमन्त्री भट्टले पुस १४ गते पूर्वाधार विकास मन्त्री बोहरालाई पदमुक्त गर्दै मन्त्रालयको जिम्मेवारी आफूले लिएका थिए। प्रचण्ड–नेपाल समूहभित्र तत्कालै पूर्वाधार विकास मन्त्री नियुक्त गर्न नसकिने देखिएपछि मुख्यमन्त्रीले आफै मन्त्रालय सम्हालेको बताइन्छ।

प्रचण्ड–नेपाल समूहभित्र भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा झण्डै आधा दर्जन प्रदेशसभा सदस्यहरुले दौडधुप गरिरहेको बताइएको छ। दिनेशखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x