ओलीको ‘दूत’ बनेर बस्नेत शुक्रवार विहान डिल्लीबजार कारागार पुगे
सत्ता टिकाउन केपी ओलिको आर्को पहल शुरु भएको छ । शुक्रबार एमालेका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई भेट्न पुगेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर बस्नेत शुक्रवार विहान डिल्लीबजार कारागारा पुगेर रेशम चौधरीलाई भेटेका हुन् ।
चौधरीको रिहाइसहित मधेसका मुद्दा सम्बोधनका लागि सरकार र जसपाबिच भइ रहेको वार्ता बारेमा जानकारी दिन कारागार पुगेका हुन । बस्नेत बालुवाटारको सन्देश बोकेर कारागार पुगेका हुन । चौधरीको रिहाइसहितको जसपाको मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विशेष निर्णय गरिसकेको जानकारी गराउन आफू गएको जानकारी दिए ।
बस्नेतका अनुसार विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौता सिस्टममा जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको छ । जसलाई सुनाउन कारागार पुगेका हुन् । त्यो विशेष निर्णय के हो भन्ने उनले खुलाएनन् ।
भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिएको बस्नेतले बताए ।
उनका अनुसार एजेण्डा सम्बोधन भएमा सहकार्य गर्नुपर्नेमा चौधरी पनि तयार छन् । टिकापुरमा प्रहरीका एसएसपीसहित ८ जनाको हत्या हुनेगरी भएको घटनाको मुख्य अभियुक्तका रुपमा दोषी ठहर्याउँदै चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद हुने फैसला गरेको छ । अहिले रेशम चौधरी लगाएत नेताहरु मुद्दा खरिज गर्न भनि कैलाली बिरोध आमसभा तथा प्रदर्शन गर्दै आएको छ ।
फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका छन् । मुद्दा विचाराधीन छ । रेशम चौधरी मात्र नभई विभिन्न थारुवानका नेता लक्ष्यन थारु सहितका दर्जनौं नेताहरु माथि मुद्दा चलिरहेको छ ।


