१७ मंसिर २०८०, आईतवार

कम्तिमा पनि ४ महिनाको ब्याज पुर्णरुपमा मिनाह

एसीपी संवाददाता

२१ बैशाख २०७७, आईतवार १४:३५ मा प्रकाशित

कम्तिमा पनि ४ महिनाको ब्याज पुर्णरुपमा मिनाह हुनु पर्दछ । नेपाल राष्ट्र बैंक तथा सम्पुर्ण सहकारी संस्थाहरुमा मेरो बिनम्र अनुरोध र साथै सरकार समक्ष समामै आवस्यक पहल गर्न सुझाव ।कोरोना महामारी Covid-19का कारण अहिले विश्व जगत नै एउटा विषम परिस्थिति बाट गइरहेछ , ठुला ठुला देशहरुको समेत अर्थतन्त्रको सतह निकै तल झरेको छ । त्यस कारण यो घडी ठुला धनाड्य बर्गका मान्छे बाट लिएर निकै गरिब , मजदुर सम्मका लागि एउटा महत्त्वपूर्ण चुनौती बनेको छ । हाम्रो जस्तो गरिब देशहरुमा कोरोनाले भन्दा पनि गरिबहरु भोकमरिले तड्पिनु परिरहेको अवस्था छ , यसैलाइ मध्यनजर गर्दै सरकारले यो बखतमा गरिबहरुका लागि बिशेष राहत प्याकेजहरु ल्याउनु पर्छ र गरिरहेको पनि छ यसमा सरकारलाइ म ब्यक्तिगत तर्फ बाट धन्यवाद दिन चहान्छु ।यसै सिलसिलामा गरिब , मजदुरले गर्ने सबै कामकाज हरु ठप्प परेका छन् र आयस्रोत पुरै बन्द भएकाकारण नेपाल सरकार सङ्ग समेत मेरो बिन्ती छ कि गरिबहरुले बैंकहरु र सहकारिहरु बाट लिएको ऋणको कम्तिमा पनि ४ महिनाको ब्याज पुर्ण रुपमा मिनाह हुनु पर्दछ । गरिब र साना परिवारका ब्यक्तीहरुले अक्सर ऋण लिने भनेको सहकारी संस्थाहरु बाट हो त्यसकारण सहकारी बिभागलाइ समेत मेरो बिन्ती छ कि यो आपतकालीन समयमा निम्न आयस्रोत भएका गरिब तथा मजदुरहरुका लागि कम्तिमा पनि यो लगडाउनको अबधिभरको ऋणको ब्याज मिनाह गरियोस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x