१२ मंसिर २०८३, शुक्रबार

कम्युनिष्टको साथ गर्यो भने देश र पार्टी दुबै बर्बाद हुन्छ बिपी कोइरालालाई सम्झेर निर्णय लिनु पर्छ – डा.शेखर कोइराला

एसीपी संवाददाता

१७ माघ २०७७, शनिबार ०४:२२ मा प्रकाशित

सर्लाही – नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई द्वन्द्वमा फसाउन खोजेको बताउनुभएको छ ।

सर्लाहीको हरिवनमा महिला सशक्तीकरण भूमिका विषयक प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुहुँदै नेता काेइरालाले प्रतिनिधि सभा पुनर्स्थापना र चुनाव दुवै कांग्रेसले स्वीकार गर्ने  बताउनुभयो । ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई असंवैधानिक, अराजक, अधिनायकवादतर्फ लैजान खोजेकाले अहिले कांग्रेसले त्यसकाे विराेधमा सडकबाट आन्दोलन गरिरहेको उहाँकाे भनाइ छ । 

नेता कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ, नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छ , त्यसका लागि कांग्रेसले एकलौटीरूपमा सडकबाट आन्दोलन गर्छ, कांग्रेस कुनै पार्टीसँग मिलेर आन्दोलन गर्ने पक्षमा छैन, प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वाेच्च अदालतमा रहेकाले अहिले हामी निर्णयको प्रतिक्षामा छौँ, अदालतले चुनावकाे पक्षमा फैसला गरे त्यसलाई स्वीकार गर्दै वैशाख १७ र २७ गते हुने चुनावमा कांग्रेसको सहभागिता हुन्छ । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आन्दोलन गर्न आवश्यक पर्‍याे भन्दैमा कांग्रेस पछि लागेर नजाने नेता काेइरालाकाे दाबी छ । वीपी कोइरालाले कम्युनिस्टहरूसँग सहयात्रा वा आन्दोलन नगर्नु भन्नुभएको स्मरण गराउनुहुँदै उहाँले प्रधानमन्त्री ओलीको ‘असंवैधानिक कदम’ को डटेर सामना गर्ने चेतावनी दिनुभयो ।

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

नेता कोइरालाले फरक प्रसङ्गमा भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको छ, पार्टीभित्र स्वार्थी भावनाको विकास हुदै जाँदा जातीयवाद र साम्‍प्रदायि‍कता बढ्न थालेकाले पार्टीभित्र फेरि सहकार्य, सहमति र एकताको आवश्यकता रहेको छ ।’

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेता तथा जिल्लाका अगुवा नेताहरूले सम्बाेधन गरेका थिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x