कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दावी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद बिघटन अग्रगामी कदम भएको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद बिघटन अग्रगामी ठूलो राजनीतिक कदम भएको भन्दै यसले फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दावी गर्नुभयो ।
उहाले पाटीभित्रकै नेताहरुको अवसरवादीहरुलाई टेकेर देशी बिदेशी शक्तिलाई टुक्राउन सफल भएको तर्क गर्नुभयो ।
थापाले नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिँदै आफू प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिने निष्कर्षमा पुगेको बताउनुभयो ।
उहाले जनताको बलमा नै राष्ट्रको रक्षा गर्न सक्ने भएकाले पार्टी नेतृत्वले मध्यावधी निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्नुभयो । थापाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । बाइट………
त्यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सत्ताकव्जा गर्ने र नयाँ तानाशाह जन्मनबाट रोक्न संसद बिघटन गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका अन्य नेताहरुले पार्टी विभाजनमा वाह्य शक्तिको हात रहेको भन्दै सचेत रहेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।


