१३ माघ २०७९, शुक्रबार

कम्युनिस्ट सरकारले युवाहरूलाई बिदेशिन बाध्य बनायो

एसीपी संवाददाता

६ माघ २०७९, शुक्रबार २२:३४ मा प्रकाशित

बिकास खडका  , काठमाडौं –  साधारण त: वैदेशिक रोजगारको निम्ति पलायन हुने नेपाली नागरिकको सधैधेरै नै रहने गरेको छ । यद्यपि प्रचण्ड नेतृ केपि ओलि अधिनस्त कम्युनिस्ट सरकारको उदय पश्चात् यो संख्या अप्रत्याशित तवरले चुलिएको छ । नेकपा एमालेको विभिन्न समयमा रोजगारको अनेकौं बाचाहरु राखे तापनि आफ्ना शासनकालमा यस विषय प्रति कुनै ठोस कार्य गरेको भने पाईन्न्न । भाइ भतिजा वाद र नाता गोतालाई मात्र राज्यको सुबिधा उपलब्ध गराउने होडमा नेकपा एमालेले एउटा् नयाँ रेकर्ड नै कायम राखेको छ । मन्त्री , सचिब देखि लिएर तल्लो ओहोदाको कर्मचारी सम्म आफ्ना कार्यकर्ताहरुलाई मात्र नियुक्त गर्ने एमाले प्रवृत्तिले देशका युवाहरूमा एक प्रकारको निराशाको लहर छाएको छ । नेपाली युवा जमात खाडी मुलुकमा गएर आफ्नो खुन पसिना बगाउन , परिवार देखि , टाडा बसेर कष्टमय जीवन यापन गर्न , पलायन हुन र कतिपय अवस्थामाज्यान दिन समेत बाध्य भएका घटनाहरु दिनहुुँ पत्र पत्रीकातिर देख्न – पढ्न , सुन्न पाईन्छ । देशका युवा – जमातलाई खोक्रो राष्ट्रियताको नाममा दिगभ्रमित गर्नु पार्टीको काममा दुरुपयोग गर्नका अतिरिक्त ओलि नेतृत्व एमालेले केही गरेको पाईन्न । भर्खर मात्र परराष्ट्र मन्त्रालयको तथ्य अनुसार बिदेशिने नेपालीको संख्यामा अचानक ठुलो वृद्धि आउनु सिगै देशको निम्ति एउटा् चिन्ताजनक विषय हो । एक तवरले हेर्दा सरकारले बिदेशी मुलुकलाई आफ्नो युवा शक्ति बेचेर देश बेच्ने कार्य , गरिरहेका छ । त्यसैले ए सरकार सक्छौ भने , खोक्रो रास्ट्रवादको साटो आफ्नो नागरिकलाई पलायन हुन बाट बचाउने काम गर ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x