१ श्रावण २०८३, शुक्रबार

कर्णाली डेभलपमेन्ट बैंकको १८ औं शाखा शमशेरगञ्जमा समुद्घाटन

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार १३:२१ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकको १८ औं शाखा कार्यालय शम्शेरगँजको आज बिहिबार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८, शम्शेरगँजमा गाउँपालिका अध्यक्ष तथा समुदघाटन कार्यक्रमका प्रमुख अतिथि लाहु राम थारु बाट समुदघाटन गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतको अध्यक्षतामा संचालित कार्यक्रममा वरिष्ठ प्रबन्धक निरज विक्रम शाहले स्वागत मन्तव्य दिनु भएको थियो ।

नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव पोषण राज के.सी. ले सरकारी खाताहरु विकास बैंकमा समेत खोल्न पाउनु पर्ने तर्फ जोड दिनु भयो भने गाउँपालिका अध्यक्ष लाहुराम थारुले नेपाल सरकारको सरकारी नितिका कारण हाल विकास बैंकमा खाता खोल्न नसकिएको र बैंकका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको मन्तव्य दिनु भयो । बैंकले १८ वटा शाखा मार्फत बैंकिङ्ग सेवा, एटीएम, मोबाईल बैंकिङ्ग, रेमिटान्स जस्ता आधुनिक बैंकिङ्ग सेवाहरु संचालन गरिरहेको र निकट भविष्यमा नै प्रदेश नं. ५ का थप दुई जिल्लामा शाखा संजाल वृद्धि गरि ग्रामीण तथा नगरउन्मुख क्षेत्रका जनताको बैंकिङ्ग पहुँच विस्तार गर्ने क्रमलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले जानकारी गराउनु भयो ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दुरी तथा सहभागीहरुको लागि मास्क एवं सुरक्षाका उपायहरु अवलम्वन गरिएको कार्यक्रममा अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रि, वडा नं.८,२,९ का वडाध्यक्ष, उद्योग वाणिज्य संघ राप्तीसोनारीका अध्यक्ष टिकाराम ढुङ्गाना, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, साना किसान कृषि सहकारी संस्था, पत्रकार, उद्योगपति तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । समुदघाटनका दिन करिब दुई करोड पच्चिस लाख निक्षेप संकलन भएको शाखा प्रमुख टंकेश्वर भण्डारीले जानकारी गराउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x