३२ असार २०८३, बिहीबार

काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना

एसीपी संवाददाता

२७ माघ २०८१, आईतवार ११:२४ मा प्रकाशित

चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु।प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो । तस्विरः चितवन प्रहरी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x