२ श्रावण २०८३, शनिबार
कुकुर तिहार लक्ष्मी पुजाका दिन पनि बाँकेमा ३१ जना कोरोनामुक्त
आज देशभरी कुकुर तिहार लक्ष्मी पुजा मनाईरहेको बेला पनि शनिबार बाँकेमा ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
अब आइसोलेशनमा २ सय ४३ जना छन् । हालसम्म बाँकेमा ३ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।
Subscribe
Login
0 Comments


