कैलालीमा थारुवानका नेताहरूको सहभागीतामा जसपाको बृहत आमसभा
कैलालीको टीकापुरमा जनता समाजवादी पार्टी (जसपा) ले ससद विघटनको विरुद्ध बृहत् आमसभा गरेको छ । उक्त आमसभालाई संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सम्बोधन गर्नु भयो । विशेष गरि थारुवान थरुहट आन्दोलनको मुख्य केन्द्र बिन्द्को रूपमा रहेको कैलालीको टिकापुर अहिलेमा अहिले थारुवानका नेता लक्ष्मण अदालतले जेल सजाय तोकेको र रेशम चौधरी लाई अहिले थुनुवामा राखेका छन ।
बुधवार कैलालीको टीकापुरमा बृहत आमसभा थारुवानका नेता कार्यकर्ताहरुको व्यापक सहभागीता रहेको थियो । जनता समाजवादी पार्टी र थारुवान आन्दोलनका अगुवाहरुको सयुक्त बैठकले सहकार्यमा आम सभा बाट आफ्नो अधिकार सुनिस्चित गराउने र ससद विघटनको विरुद्ध सहकार्य गर्ने भने । कार्यक्रमका प्रमुख अतिथि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले ससद विघटन गर्नु नै गलत कदम रहेको बताउनु भयो । उक्त आमसभा १० देखि १५ हजार जनताहरुको सहभागीता रहेको आयोजकहरुले अनुमान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्दैछ ।
भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । मन्चमा जसपाका सासद प्रमोद शाह, प्रदेश सासद कृष्ण बहादुर चौधरी , प्रदेश सासद मान मति राना , थारु कल्याण कारी सभाका माधव थारु , जसपाका कृष्ण बहादुर चौधरी , जसपा हेमन्त मान्वी लौटन चौधरी , सनिराम चौधरी , रन्जिता श्रेष्ठ रेशम चौधरी कि श्रीमती सहितको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व होरि लाल चौधरीले गरेका थिए ।
जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं ।


