कोरोनाका कारण अस्प्तालमा आम्दानी घट्यो

प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा समस्या देखिएको निष्कर्ष निकालेको छ ।
आइतबार काठमाडौंको शिक्षण अस्पतालको स्थलगत अनुगमन गर्दै उपसमितिले कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा अन्य सर्वसाधारणदेखि स्वास्थ्यकर्मी तथा अस्पतालमा नै समस्या देखिएको निष्कर्ष निकालेको हो । उपसमितिले शिक्षण अस्पातालमा कोरोना बिरामीको उपचार र अन्य बिरामीको उपचारको अवस्थाका बारेमा जानकारी लिएको थियो । अस्पतालमा कोरोनाका बिरामीको इएनटी भवनमा उपचार हुदै आएको छ ।
उपसमिति संयोजक एवं सांसद जीवनराम श्रेष्ठले कोरोना र अन्य विरामीको उपचारमा कुनै कमजोरी नभएपनि यसले गर्दा समस्या देखिएको जानकारी दिनुभयो । शिक्षण अस्पतालमा धेरै बिरामी उपचारका लागि आउने गरेकाले संक्रमणको संभावना रहेको उहाको भनाई छ ।
उहाले अन्य बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा नै कोरोना देखिएको गम्भीर र संवेदनशिल बिषयमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । त्यस्तै कोरोनाका कारण अस्प्तालमा आम्दानी घट्दै गएको भन्दै यसमा सरकारले बिषेश ध्यान दिनुपर्ने उहाले उल्लेख गर्नुभयो ।
सो क्रममा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक दिनेश काफ्लेले अनुगमनका क्रममा अस्पतालमा भइरहेको उपचारका बारेमा जानकारी गराएको बताउनुभयो । अस्पतालमा कोरोना र अन्य विरामीको उपचारमा देखिएको समस्याका बारेमा पनि उपसमितिलाई अवगत गराएको उहाको भनाई छ । कोरोनाको उपचारका लागि सरकारले गरेका काम कारबाहीको बारेमा उपसमितिले बिभिन्न अस्पताल र आइशोलेशनमा पुगी स्थलगत अनुगमन गरिरहेको छ । अनुगमन सकिएपछि केहि दिनमै समितिलाई अध्ययन प्रतिवदेन बुझाइने संयोजक श्रेष्ठले बताउनुभयो ।



