२ श्रावण २०८३, शनिबार

कोरोनाका कारण देश भर थप १६ जनाको मृत्यु

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १९:३२ मा प्रकाशित

१४, कात्तिक ।
कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x