२ श्रावण २०८३, शनिबार

कोरोना बिरुद्धको चिनियाँ खोपको परीक्षण रोकिनु ब्राजिलको जित

एसीपी संवाददाता

२७ कार्तिक २०७७, बिहीबार ०३:४२ मा प्रकाशित

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलमा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको परीक्षण रोकिनु आफ्नो जित भएको बताएका छन् ।

चिनियाँ कम्पनीले निर्माण गरिरहेको कोरोना खोपको परीक्षण खोप दिइएका व्यक्तिमा देखिएको उल्टो असरको कारण गत अक्टोबर २९ मा रोकिएको थियो ।

यो खोप दिइएका एक स्वयंसेवकको मृत्यु भएसँगै खोपको परीक्षण रोकिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर, यो खोपको परीक्षण गरिरहेको संस्थाका प्रमुखले भने यो परीक्षणसँग स्वयंंसेवकको मृत्युको कुनै सम्बन्ध नरहेको बताएका छन् । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भने चीनसँग सम्बन्ध रहेको कारण चिनियाँ कम्पनीको खोपको आलोचना गर्दै आएका थिए । उनले यसअघि यो परीक्षण सफल भए पनि आफ्नो मुलुकले चिनियाँ खोप खरिद नगर्ने बताएका थिए ।

सिनोभ्याक बायोटेकले भने निर्माणको क्रममा रहेको आफ्नो खोप सुरक्षित रहेकोमा विश्वस्त रहेको बताएको छ। अहिले यो खोपको प्रयोग आपतकालीन प्रयोगको रुपमा चीनमा हजारौं मानिसहरुमा गरिसकिएको छ । यो खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको केही खोपमध्येको एक हो । ब्राजिलबाहेक अन्य केही मुलुकमा पनि यो खोपको परीक्षण चलिरहेको छ । यद्यपि अन्य मुलुकले भने यो खोपको परीक्षण रोकेका छैनन् । बीबीसी / नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x