१२ मंसिर २०८३, शुक्रबार

कोरोना संक्रमणपछि पूर्व क्रिकेटर तेन्दुलकर अस्पताल भर्ना

एसीपी संवाददाता

२० चैत्र २०७७, शुक्रबार ०७:४२ मा प्रकाशित

एजेन्सी । कोरोना संक्रमणपछि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले ट्वीट गर्दै चिकित्सकको सल्लाहअनुसार पूर्वसावधानी अपनाउन आफू अस्पताल भर्ना भएको बताएका छन् ।

सचिनले लेखेका छन्, ‘चिकित्सकीय सल्लाहबमोजिक अस्पताल भर्ना भएको छु । मलाई आशा छ केही दिनमै घर फर्कनेछु । सबै जनाले आफ्नो ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला ।’

सचिनले भारतीय क्रिकेट टिमले सन् २०११ मा विश्वकप जितेको १० वर्ष पूरा भएकोमा पनि बधाई दिएका छन् । सन २०११ मा आजकै दिन भारतीय क्रिकेट टिमले विश्वकप फाइनलमा श्रीलंकालाई हराएर उपाधि चुमेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x