१७ मंसिर २०८०, आईतवार

कोरोना संक्रमित किशोरीसँगै नेपाल आएका चारै जनाको पहिचान खुल्यो

एसीपी संवाददाता

१२ चैत्र २०७६, बुधबार १५:४५ मा प्रकाशित

बुधबार, १२ चैत । नेपालगन्ज- कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको प्रहरीले पहिचान गरेको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेका रहेको भन्दै जिल्लामा पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो

उक्त उडानबाट आएका चार जना बाँके जानकी गाउँपालिकास्थित साईगाउँ, बैजनाथ गाउँपालिका बनकटुवा, पिप्रहवा र बर्दियाका भएको बताइएको छ। चार जनामध्ये साईगाका एक जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याएर राखिएको र बनकटुवाका एक जना पनि प्रहरीको नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। सिमावर्ती क्षेत्र पिप्रहवाका एक जना भने आफन्त कहाँ भारत गएकाले उनलाई फेला पार्न नसकिएको उनले बताए।

‘बाँकेका चार जना भनिए पनि एक जना चाही बर्दिया रहेछन्,’ सिंहले भने। प्रहरीले बर्दियाका एक जनालाई पनि क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ। भारत गएका यात्रुको परिवारलाई समेत प्रहरीले निगरानीमा राखेको छ। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले पहिलो चरणमा किशोरीसँग एउटै उडानबाट नेपाल आएकालाई पहिचान गरेर क्वारेन्टाइनमा राख्ने र त्यसपछि विदेशबाट आएका अन्य व्यक्तिको पनि पहिचान गरेर क्वारेन्टाइनमा राखिने बताए।

‘कोरोना संक्रमित किशोरीसँगै आएकामध्ये बाँकेका दुई जनालाई हामीले नियन्त्रणमा लिइसकेका छौं, उनीहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिन्छ, विदेशबाट आएका अन्य व्यक्तिको पनि पहिचान गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x