२९ माघ २०८२, बुधबार

कोहलपुर नगरपालिकाको आर्थिक वर्ष ८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

एसीपी संवाददाता

७ असार २०८२, शनिबार १५:५६ मा प्रकाशित

कोहलपुरः कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम शनिबार सार्वजनिक भएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यले १७औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षमा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने नीति लिएको प्रमुख आचार्यले बताउनु भयो ।

महिलाहरुमा बढ्दो पाठेघरको क्यान्सर रोकथामका लागि समुदायस्तरमा सचेतीकरणसँगै परीक्षण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख आचार्यले भन्नू भयो  ।

यस्तै नसर्ने रोगको बढ्दो प्रभाव (प्रेसर, सुगर, मिर्गौला) र पहिचान तथा रोकथामका लागि पनि समुदायस्तरमा शिविर सञ्चालन गर्ने भएको छ । शिविरलाई थप प्रभावकारी गराउन कोष स्थापना गर्ने भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x