१५ आश्विन २०८३, बिहीबार

खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

एसीपी संवाददाता

१ चैत्र २०७७, आईतवार ०३:२९ मा प्रकाशित

खजुरा । बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा गरिएको छ ।

शनिबार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभएकाे हाे ।

गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख कक्षपतिले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गर्नुभएकाे थियो ।

खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै स्वास्थ्य कार्यालय बाँकेले पालिकालाई प्रमाणपत्र दिएको थियो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले पालिका प्रमुख कक्षपतिलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गर्नुभएकाे थियोे ।

कार्यक्रममा यूनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, स्वास्थ्य चौकीका प्रमुखहरु सहाभागी कार्यक्रममा स्वागत मन्तब्य तथा खजुरा गाउँपालिका पूर्णखोपमा स्वास्थ्यको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले प्रस्तुतिकरण गर्भएकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x